त्रिकोणात्मक टी-२० सिरिज नेपालले उपाधी जितेको छ । शुक्रबारको अन्तिम खेलले नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै ऐतिहासिक जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.२ ओभर गुमाएर ९६ रन मात्र बनाउन सकेको हो ।
नेपालको जीतमा त्रिकोणात्मक टी-२० सिरिज नेपालले जितेको छ । नेपाल र नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै सिरिज जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.२ ओभर गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।
नेपालको जीतमा कुशल भुर्तेल र कुशल मल्लले सर्वाधिक रन हाने । भुर्तेलले ८ चौका र ३ छक्का सहित ५३ बल ७७ रन हाने भने मल्ल ५ छक्का २ चौकासहित २४ बलमा ५० रन हाने ।
उपकप्तान दिपेन्द्र सिंह ऐरीले १८ बलमा ४८ रन जोड्दै नट आउन रहे । कप्तान ज्ञानेद्र मल्लले ३३ र आरिफ शेखले १६ रनको योगदान दिए ।
व्याटिङका क्रममा नै दबाबमा राखेको नेपाली टिमले बलिङमा थप दबाबमा राख्यो । बलिङ तर्फ करण केसीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने र कमल सिंह ऐरीले २/२ विकेट लिए । अभिनाश वोहराले १ विकेट लिए ।
टस हारेर पहिला ब्याटिङको मौका पाएको नेपालले पूरै २०ओभर खेल्दै ३ विकेट गुमाएर नेपालकै इतिहासमै सर्वाधिक २३८ रन बनाएको थियो । नेपालले यसअघि भूटानसँगको खेलामा सर्वाधिक २३६ रन हानेको थियो । त्यो रेकर्डलाई नेपालले अहिले तोडेको हो ।