काठमाडाैं। नेकपा (एमाले) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गर्दै विश्वासको मत दिने आफ्ना सांसद पार्टीमा नरहने बताएकाे छ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटीको बैठकले पार्टीको निर्णयविरीत प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आग्रह गरेको हो।
पार्टीको निर्णय विपरीत विश्वासको मत दिनेहरू पार्टीमा रहन नसक्ने ओली पक्षले बताएको छ।
संसद अधिवेशनको पहिलो दिनको बैठकमा औपचारिकता पूरा गर्ने परम्परा भएपनि एमाले एकता रोक्नका लागि हतार–हतार विश्वासको मत लिन खोजेको ओली पक्षको बैठकले ठहर छ।
गत असार २७ गतेको कार्यदलको १० बुँदे सहमतिबमोजिम नेता नेपाल अघि बढ्न नचाहेको ठहर आफूहरुले गरेको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए।
सिफारिस
लोकप्रिय