• vacancy ad
  • विश्वासको मत लिन प्रधानमन्त्री देउवाको प्रस्ताव दर्ता, यस्तो छ अंकगणित

  • Ad Space available
  • प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् । विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भएको हो ।

    देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २७१ सांसदमध्ये १३६ जनाको समर्थन चाहिन्छ । कांग्रेस र माओवादीसँग ११० सांसद छन् ।

    ad space

    जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् ।

    यो सबै मत आउँदा बहुमतका लागि आवश्यक १३६ मध्ये देउवालाई ८ मत पुग्दैन । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ ।

    माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । माधव पक्षले यसअघि नै देउवालाई विश्वासको मत दिने बताएको छ । यद्यपि, अहिले यो पक्ष आन्तरिक छलफलमा जुटेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय