• vacancy ad
  • जसपा विवादबारे आज निर्वाचन आयोगमा सुनुवाइ

  • Ad Space available
  • काठमाडौँ– सत्ता समीकरणका विषयमा देखिएको विवाद चरमोत्कर्षमा पुगेपछि विभाजनको आधिकारिकता खोज्न पुगेका जनता समाजवादी पार्टी (जसपा)बारे आजबाट निर्वाचन आयोगमा सुनुवाइ सुरु हुँदैछ । दुवै समूहले आफूहरू पार्टीमा एक भएर बस्न नसक्ने भन्दै छुट्टाइदिन सहमति जनाएपछि आयोगले आजबाट सुनुवाइ गरी कानुनी रूपमा टुक्र्याइदिन लागेको हो ।

    आयोगले जसपाबारे निर्णय लिन प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू रहेको इजलास गठन गर्दै दुवै समूहलाई आफ्नो समूहका कानुन व्यवसायी भएमा मुकरर गर्नसमेत भनिसकेको छ ।

    ad space

    तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्नेरनगर्ने विषयमा विवाद भएपछि जसपा फुटको चरणसम्म पुगेको हो । पार्टीको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले तत्कालिन ओली नेतृत्वको सरकारलाई समर्थन गरेको थियो भने संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई समूहले पनि ओली सरकारविरुद्ध आन्दोलन गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिएको थियो ।

    अहिलेसम्म पनि अवस्था त्यही छ । अब यादव समूह अहिले सरकारमा जाने तयारी गरिरहेको छ भने ठाकुर समूह ओलीसँग बाहिरै रहने तयारीमा छन् ।

    यसैबीच शनिबार बसेको यादव समूहको बैठकले आजबाट आयोगमा सुरु हुने आधिकारिकताबारे सुनुवाइमा आफ्नो समूहका सबै कार्यकारिणी समिति र सांसदहरू उपस्थित हुने निर्णय गरेको छ । ‘पार्टीको आधिकारिकताबारे भोलिदेखि निर्वाचन आयोगमा हुन लागेको सुनुवाइमा हाम्रो पक्षका सबै कार्यकारिणी समिति सदस्य र सांसद उपस्थिति हुने निर्णय भएको छ,’ बैठकपछि नेता महेन्द्र राय यादवले भने ।

    अयसअघि नै जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव समूहको बहुमत थियो । शनिबारको संसदीय दल बैठकमा उपस्थितिको संख्या हेर्दा संसदीय दलमा पनि बहुमत पुगेको छ । यसअघि भने संसदीय दलमा यादव समूह अल्पमतमा थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय