• vacancy ad
  • उत्तरी गोरखामा हेलिकप्टरमार्फत पुर्‍याइयो कोरोनाविरुद्धको खोप

  • Ad Space available
  • गोरखा– उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पुर्‍याइएको छ।

    मौसम खराबीका कारण यसअघि नै पुर्‍याउने भनिएको खोप आज मात्र चुमनुव्रीका विभिन्न खोप केन्द्रमा पुर्‍याइएको स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीले जानकारी दिए।

    ad space

    जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत खोप ढुवानी गरिएको उनले बताए।

    ‘सडक मार्गबाट खोप लैजान सक्ने अवस्था नरहेकाले हेलिकप्टरमार्फत खोप पुर्‍याएको हो,’ शाखा प्रमुख खत्रीले भने, ‘शुक्रबार नै लैजाने भनिए पनि मौसम खराबीका कारण आज मात्र खोप ढुवानी गरिएको छ।’

    भेरोसेल खोपको तीन हजार डोज माउन्टेन चाइल्ड नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा हेलिकप्टर चार्टर गरेर चुमनुव्री पुर्‍याएको प्रमुख खत्रीले बताए।

    चुमनुव्री पुर्‍याइएको खोप गाउँपालिका भित्रका १८ वर्षदेखि माथिका उमेर समूहका सबैलाई लगाइने उनको भनाइ छ। सो क्षेत्रमा तीन हजार ७०८ नागरिक बस्दै आएका छन्। केहीले यसअघि नै खोप लगाइसकेका र केही राजधानीमा बसोबास गर्दै आएका कारण तीन हजार डोज भए पुग्ने अनुमान गरिएकोे प्रमुख खत्रीले जानकारी दिए।

  • ad space
  • सिफारिस