काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।
आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
सर्वोच्च अदातलको आदेशअनुसार सरकारले ३ साउनमा प्रतिनिधिसभा बैठक बोलाएको हो । यसअघि प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेस अब सत्तारुढ दलका रुपमा संसदमा भूमिका निर्वाह गर्नेछ ।
सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री बनेपछि पहिलो पटक कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
साढे तीन वर्ष सरकारको नेतृत्व गरेको नेकपा एमाले अब संसदमा प्रमुख प्रतिपक्षी दल रहनेछ ।
सिफारिस
लोकप्रिय