• vacancy ad
  • एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

  • Ad Space available
  • काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्नेछ । 

    शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गर्दै कार्यदल भंग गरेको थियो । सोही दिन संसदीय दलको बैठक पनि बसेको थियो ।

    ad space

     पार्टीका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षीय नेताहरुले दुवै बैठक रोक्न माग गरे पनि अध्यक्ष केपी शर्मा ओलीले मानेका थिएनन् । शनिबार पनि दुवै पक्षका दोस्रो तहका नेताहरुले छलफलमा बसेका थिए । 
     

  • ad space
  • सिफारिस
    लोकप्रिय