• vacancy ad
  • निर्वाचन समितिका सदस्य खातीको राजीनामा स्वीकृत

  • Ad Space available
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ ।

    उनी नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले आज स्वीकृत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    ad space

    प्रधानमन्त्री एवं सभापति देउवाले खातीले पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य पदमा रहेर पुर्‍याएको योगदानको सराहना गर्दै उनलाई धन्यवाद दिएका छन् । 

  • ad space
  • सिफारिस
    लोकप्रिय