एजेन्सी। अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनी १३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।
त्यसैसँगै यस प्रकोपबाट युरोपमा १५३ जनाको मृत्यु भइसकेको छ। धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनाको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ।
जर्मनीको वेस्ट फेलिया प्रान्तको नर्थ राइनेमा बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ। यस प्रकोपबाट यहाँ ९० जनाको मृत्यु भएको छ। यस क्षेत्रमा यसअघि नै ४३ जनाको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए।
सिफारिस
लोकप्रिय