• vacancy ad
  • प्रदेश–२ का नवनियुक्त २ मन्त्रीद्वारा शपथ ग्रहण

  • Ad Space available
  • काठमाडाैं। प्रदेश–२ का २ जना नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

    प्रदेश प्रमुख राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतकुमार साहलाई पद तथा गोपनियताको शपथ गराए।

    ad space

    मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्री पदमा नियुक्त गरेका नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित समारोहमा शपथ गराएका हुन्।

    सोही समारोहमा मुख्यमन्त्री राउतले नवनियुक्त आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रूवीकुमारी कर्णलाई पद तथा गोपनियताको शपथ गराए।

    प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन जनता समाजवादी पार्टीका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले आजै राजीनामा दिएका थिए।

    शपथ समारोहमा सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका पदस्थ उच्च पदाधिकारीको उपस्थिति थियो।

  • ad space
  • सिफारिस