• vacancy ad
  • केपी ओली केपी ओलीलाई खुसी पार्ने गरी अघि बढे

  • Ad Space available
  • काठमाडौँ । पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराईले एमालेको केपी ओली खेमा अब न्यायपालिकालाई ध्वस्त पार्नेगरी अघि बढेको आरोप लगाएका छन्।

    जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्षसमेत रहेका भट्टराईले ओली खेमा कार्यपालिका र व्यवस्थापिकलाई ध्वस्त पारेपछि अब न्यायपालिकामाथि खनिएको बताएका हुन्।

    ad space

    सर्वोच्च अदालतले २८ असारमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी दिएको परमादेशविरुद्ध एमालेले देशव्यापी भण्डाफोर अभियान चलाउने निर्णय गरेको छ।

    शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सन्दर्भमा नेता भट्टराईले सामाजिक सञ्जालमार्फत अब एमाले न्यायपालिका ध्वस्त पार्ने अभियानमा जुटेको आरोप लगाएका हुन्।

    ‘खड्गप्रसाद एण्ड कम्पनीलाई कार्यपालिका र व्यवस्थापिका मात्र ध्वस्त पारेकोमा धित नमरेर अब न्यायपालिकामाथि पनि खड्ग चलाउने भूत चढेछ१,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘जो चोर उसको ठूलो स्वर भने झैं संविधानसभाले विशेष व्यवस्था गरेको धारा७६ ९५०ले निर्दलीयता ल्याउने हौवा पिटिरहेछ त्यसो भए कमल थापाहरू खुशी हुनुपर्ने हैन ररु’

  • ad space
  • सिफारिस
    लोकप्रिय