काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीलाइ पद तथा गोपनियताको शपथ गराएका छन्।
सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ता खातीलाई शपथ गराएका हुन्।
यसअघि महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिका उपस्थितिमा प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था थियो। तर राष्ट्रपति विद्या भण्डारीले शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राख्न अस्वीकार गरेपछि सर्वोच्चमा नै शपथ गराइएको हो।
सरकारको कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। महान्यायाधिवक्तामा खातीलाई बिहीबार राष्ट्रपतिले नियुक्त गरेकी हुन्।
सिफारिस
लोकप्रिय