• vacancy ad
  • एमाले स्थायी कमिटीद्वारा कार्यदलको सहमति अनुमोदन

  • Ad Space available
  • काठमाडाैं। नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको विवाद समाधान कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा गठित कार्यदलले गत असार २७ गते आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति अनुमोदन गर्दै कार्यन्वयन गर्ने निर्णय गरेको हो।

    ad space

    एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यान्वयन गर्ने जानकारी दिए ।

    बैठकले कार्यदललाई धन्यवाद दिँदै कार्यदलसमेत भंग गरेको छ। बैठकले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा रहेको सरकारले देश विकासमा ऐतिहासिक कार्य गरेको निर्णय गरेको छ।

    पार्टीका प्रवक्ता ज्ञवालीले एमाले सशक्त प्रतिपक्षमा बस्ने र पार्टीका सांसदलाई सोही भूमिका निर्वाह गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिए।

    “सरकारलाई पार्टीको समर्थन नरहने र सरकारलाइ विश्वासको मतसमेत नदिने निर्णय छौं”, उनले भने, “पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यलाई वर्तमान सरकारलाई विश्वासका नदिने पार्टीको निर्णय पालना गर्न निर्देशन दिएका छाैं।”

    वरिष्ठ नेता नेपाल पक्षका कार्यदलमा रहेका नेताले गृहकार्य गरेर मात्रै स्थायी कमिटीको बैठक राख्न आग्रह गरे पनि बैठकले औपचारिक कार्यसूची अघि बढाएको छ। नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल, सदस्य धनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे बैठक रोक्न माग गर्दै बैठकस्थल पुगेका थिए।

    प्रतिनिधिसभा पुनःस्थापनासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो बैठक एमालेको स्थायी कमिटीको बैठक बसेको हो।

    नेता नेपाल पक्षका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय