• vacancy ad
  • कर्णालीपछि लुम्बिनीले ल्यायो अध्यादेशबाट बजेट

  • Ad Space available
  • प्रदेशसभाबाट बजेट पास हुन नसकेपछि लुम्बिनी सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । आज बिहान बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो ।

    प्रदेशसभाबाट बजेट पारित नभएपछि सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले गएराति १२ बजे प्रदेशसभाको चालु अधिवशेन अन्त्य गरेका थिए ।

    ad space

    आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । ४० अर्ब ९५ करोड ९७ लाखको बजेट संसदमा पेश गरिएको थियो । बजेट संसदबाट हुन् नसकेपछि अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याइएको हो ।

    यसअघि कर्णाली प्रदेशले पनि अध्यादेशबाट बजेट ल्याएको थियो । प्रदेश सरकारले यही असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको आगामी आव २०७८/०७९ को बजेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले एक महिनासम्म पारित गर्न नदिएपछि अध्यादेशमार्फत बजेट जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको प्रदेश सरकारका प्रवक्ता सीताकुमारी नेपालीले बताएकी थिइन् । 

  • ad space
  • सिफारिस