पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । शुक्रबार बिहान जिसीले स्वास्थ्यमा अप्ठ्यारो महसुस गरेपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात भएको पुष्टि गरेका थिए ।
जिसीका प्रेस संयोजक माधव बरालका अनुसार आज बिहान ४ बजे असहज महशुस भएपछि मणिपाल शिक्षण अस्पताल भर्ना भएका उनलाई चिकित्सकको सल्लाहअनुसार काठमाडौं ल्याउन लागिएको छ । १० बजे एभरेस्ट हेलिमार्फत काठमाडौंका लागि उडान तय भए पनि मौसम खराब भएका कारण उडान रोकिएको छ।
बरालका अनुसार मेयरको मुटुको दाहिनेतिरको नसामा सानो अवरोध देखिएको छ । स्वास्थ्यमा समस्या देखिए पनि मेयरले बोलचाल गर्न सकिरहेको बरालले जानकारी दिए ।
सिफारिस
लोकप्रिय