• vacancy ad
  • ओलीमाथि बाबुरामको यस्तो कटाक्ष 

  • Ad Space available
  • काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समूहविरुद्ध कडा कटाक्ष गरेका छन्। 

    ओली सत्ताच्युत भइसकेपछि सडकमा प्रदर्शन तथा लुम्बिनी प्रदेशमा गरिएको संसद् अधिवेशन अन्त्य– खसीको टाउको छिनाली सकेपछि केही बेर पुच्छर फिटीफिटी गरेजस्तै भएको टिप्पणी डा। भट्टराईले गरेका हुन्। 

    ad space

    ‘खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ,’ विपक्षी गठबन्धनमा आबद्ध डा। भट्टराईले शुक्रबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ।’

    आफू सत्ताको नेतृत्वनमा नरहे आकाशै खस्छजस्तो गर्ने ओली प्रवृत्ति हिटलरी तानाशाहसँग मिल्दोजुल्दो भएको आक्रोश पनि उनले पोखेका छन्।  

    उनले भनेका छन्, ‘आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओली प्रवृत्ति हिट्लरी नाजीवादरफासीवादसँग मिल्दोजुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो।

  • ad space
  • सिफारिस
    लोकप्रिय