

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्दैछन् । आज बिहान ९ः५७ बजे देउवा बालुवाटार सर्न लागेका हुन्।
गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आएका थिए। देउवाको सचिवालयले दिएको जानकारीअनुसार आज बिहान देउवा सरकारी निवास सर्न लागेका हुन्।
त्यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडिसकेका छन । ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा बसोबास गर्न थालेका छन्।
सिफारिस
लोकप्रिय