• vacancy ad
  • कानपुरमा जब सूर्यास्तपछि पनि शब जलिरहे…

  • Ad Space available
  • एजेन्सी। कोरोना कहरका कारण सूर्यास्तभन्दा अघि नै अन्तिम संस्कार गर्ने परम्परा तोडेको छ। भारतको कानपुरमा एकै दिन बिहीबार ४७६ जनाको अन्त्येष्टि गरिएको छ।

    लगातार पाँचौ दिन घाटमा जलाउने स्थानको अभावमा राति ८ बजेसम्म अन्तिम संस्कार जारी थियो भने विद्युतीय शवदाहगृहमा रातभर अन्तिम संस्कार भइरहेको थियो । घाटमा बढ्दो संख्याका कारण टोकन प्रणाली लागू गरिएको छ ।

    सरकारी तथ्यांकअनुुसार कानपुरमा बिहीबार ३ जनाको मात्रै मृत्यु भएको बताइएको थियो। तर घाटमा एकसाथ दर्जनौ चिता जलिरहेका थिए । सामान्य दिनमा कानपुरको यो घाटमा ९० देखि १०० जनाको अन्तिम संस्कार हुनेगर्छ।

    अब यो संख्या दैनिक पाँच गुणाभन्दा बढी भएपछि स्थिति नियन्त्रण बाहिर पुगेको हो। भैरोघाट विद्युत शवदाहगृहमा दोस्रो दिन पनि कोरोना संक्रमित बिरामीसहित ६२ शव पुगेका थिए ।

    सिफारिस
    लोकप्रिय