• vacancy ad
  • पाकिस्तानका पूर्वराष्ट्रपति ममनुन हुसेनको निधन

  • Ad Space available
  • काठमाडाैं। पाकिस्तानका पूर्वराष्ट्रपति ममनुन हुसेनको कराँचीमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका उनको ८० वर्षको उमेरमा निधन भएको हो।

    पाकिस्तान मुस्लिम लिग (पीएमएल) को तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म पाकिस्तानको १२ औं राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेका थिए।

    ad space

    उनीपछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले १३ औं पाकिस्तानी राष्ट्रपति रूपमा काम गरेका थिए।

    गत वर्ष फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो । केही दिनदेखि उनलाई कराँचीको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो। उनको उपचारका क्रममा निधन भएको हो। हुसेनका श्रीमती र तीन छोरा छन्।

    राष्ट्रपति आरिफ अल्वीले हुसेनको निधनमा दुःख व्यक्त गर्दै शोक व्यक्त गरेका छन्। उनले ममनुनको परिवारको पीडा पनि साझा बताएका छन्।

    पीएमएल–एनका अध्यक्ष शहबाज शरीफले पनि हुसेनको मृत्युमा दुःख व्यक्त गरेका छन्। उनको शोक सन्देशमा भनिएको छ, “हामीले अहिले पाकिस्तानलाई माया गर्ने एक असल व्यक्तित्वलाई गुमाएका छौं।”

  • ad space
  • सिफारिस
    लोकप्रिय