काठमाडाैं। पछिल्लो २४ घण्टामा थप दुई हजार ६७६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार २५६ जनाको पीसीआर परीक्षणमा १ हजार ७८२ जना र ४ हजार ५१२ जनाको एन्टिजेन परीक्षणमा ८९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
यस अवधिमा देशभर ३३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा नौ हजार ४६३ जना सङ्क्रमितको मृत्यु भएको छ।
त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा सङ्क्रमितको निको हुने दर ९४.६ प्रतिशत छ। नेपालमा हालसम्म ६ लाख २६ हजार ४६८ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सिफारिस
लोकप्रिय