पर्सा । बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकलाई पक्राउ गरेको छ ।
१५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई प्रहरीले पक्राउ गरेको हो ।
कानुले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाका अभिभावकले आरोप लगाएका छन ।
पक्राउ परेका धर्मराजविरुद्ध अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कर्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जनाएका छन् ।
सिफारिस
लोकप्रिय