• vacancy ad
  • कोरोनाबाट २४ घन्टामा २ हजार ५५९ संक्रमित, पाँचजनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप २ हजार ५५९ जना संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४४९ र ८६६ जनाको एन्टिजेन परीक्षण गर्दा ११० जना गरी २ हजार ५५९ जनामा कोरोना पुष्टि भएको हो ।

    ad space

    मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ भने ४१० जना संक्रमणमुक्त भएका छन् ।

    संक्रमण बढेसँगै देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ९४० जना संक्रमित थपिएका छन् । काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित थपिएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय