• vacancy ad
  • ललिता निवास जग्गा प्रकरण : गच्छदार १० लाख धरौटीमा छुटे

  • Ad Space available
  • विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग १० लाख धरौटी माग गरेको छ ।

    विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले आज थुनछेक बहसपछि उक्त धरौटी माग गर्ने आदेश गरेको हो ।

    ad space

    विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार नेता गच्छदारलाई अदालतले आज उक्त विवादमा बयान लिएर थुनछेक बहसपछि रु १० लाख धरौटी माग गरेको थियो । उनले आजै १० लाख बुझाएका छन् ।

    बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेता गच्छदारविरुद्ध रु नौ करोड ६५ लाख ७६ हजार बिगो माग गरिएको थियो ।

  • ad space
  • सिफारिस