• vacancy ad
  • गृहमन्त्री बालकृष्ण खाँणको राजनीतिक छलाङ

  • Ad Space available
  • काठमाडाैँ । नेबिसंघबाट नेपाली कांग्रेसको राजनीति सुरू गरेका खाँण नेविसंघको अध्यक्ष बनेका थिए।
    उनी तरूण दलको अध्यक्ष समेत भएका थिए। २०४८ सालको निर्वाचनमा रुपन्देहीबाट निर्वाचित खाँण २०६४ र २०७० मा समेत निर्वाचित भएका हुन्।

    तिलोत्तमा नगरपालिका ८, रूपन्देही स्थायी बसोबास गर्ने खाण २०१७ असार १८ गते स्याङ्जामा जन्मिएका हुन् । उनी नोइन्द्रबहादुर खाण र टोपकुमारी खाणका छोरा हुन् । समानुपातिकतर्फका सांसद खाणले २०३३ सालमा नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए ।

    ad space

    त्यसपछि नेविसंघ रूपन्देहीको जिल्ला अध्यक्ष हुँदै २०३९ सालमा नेविसंघको केन्द्रीय समिति सदस्य, त्रिवि स्ववियु सभापति २०४३ र नेविसंघ अध्यक्ष २०४४ सालमा बने । त्यस्तै २०५४ सालमा नेपाल तरुण दल अध्यक्षको अध्यक्ष बने । उनी २०५६ सालदेखि निरन्तर नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य छन् ।

    उनी अहिले समानुपातिक सांसद हुन्। उनी २०६१ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षा राज्यमन्त्री बनेका थिए।

    २०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा सिंचाई मन्त्री बनेका खाँण २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्डको सरकारमा रक्षा मन्त्री बनेका थिए। खाँणलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीको सपथ खुवाएकी छन्।

    सोमबार सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। अदालतको आदेश अनुसार खाँड देउवा सरकारको शक्तिशाली गृहमन्त्री बनेका हुन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय