• vacancy ad
  • देउवा सरकारको पहिलो निर्णय : यो वर्षभित्र सबै नागरिकलाई खोपको व्यवस्था

  • Ad Space available
  • काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार बेलुकी ८ बजेर २५ मिनेटमा पद तथा गोपनीयताको सपथग्रहण गरेपछि सिंहदरबारमा देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठक बसेको थियो।

    ad space

    पाँच सदस्यीय मन्त्रिपरिषद बैठकले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको छ।

    पहिलो बैठकको निर्णयबारे जानकारी दिँदै मन्त्री कार्कीले असोज मसान्तभित्र एकतिहाइ र चैतभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय भएको बताए। कोरोनाविरूद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भक्ता एक साताभित्र उपलब्ध गराउने पनि मन्त्रिपरिषदले निर्णय गरेको उनले जानकारी दिए।

    मन्त्री कार्कीका अनुसार कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ।

    कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा हालसम्म भएको खर्च विवरण सार्वजनिक गर्ने र कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक साताभित्र विशेष प्याकेज ल्याउने उनले बताए।

  • ad space
  • सिफारिस
    लोकप्रिय