• vacancy ad
  • नियुक्ति सच्चिएपछि प्रधानमन्त्रीमा देउवाले लिए शपथ

  • Ad Space available
  • काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाइ पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

    ad space

    सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। तर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएपछि शपथ २ घन्टा ढिला भएको हो।

    राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको भन्दै नयाँ नियुक्ति गरेपछि देउवाले शपथ लिएका हुन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय