• vacancy ad
  • नियुक्ति नसच्चिएसम्म शपथ नलिने देउवाको अडान

  • Ad Space available
  • काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले शपथ लिन अस्वीकार गरेका छन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको कुनै पनि धारा उल्लेख नगरी सर्वोच्चको आदेशअनुसार नियुक्त गरेको उल्लेख गरेपछि देउवाले असन्तुष्टि जनाउँदै शपथ लिन अस्वीकार गरेका हुन् ।

    ad space

    मंगलबार साँझ ६ बजे शपथको तयारी गरिए पनि देउवा राष्ट्रपति कार्यालय पुगेका छैनन्। देउवाले राष्ट्रपतिले नियुक्ति सच्याएर संविधानको धारा ७६(५) अनुसार उल्लेख गर्नुपर्ने अडान लिएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय