• vacancy ad
  • मन्त्री छान्न जसपाको बै‌ठक बस्दै

  • Ad Space available
  • सरकारमा पठाउने मन्त्रीहरूको नाम छान्न जनता समाजवादी पार्टी (जसपा) को बैठक बस्दै छ । सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो।

    जसपा कार्यकारिणी सदस्य रामसहाय यादवले काठमाडौंमा उपलब्ध सदस्यहरूसँग बसेर छलफल गर्न लागिएको जानकारी दिए । माओवादी केन्द्र, जसपालाई समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन्।

    ad space

    सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने छ।सरकारमा सहभागिताबारे निर्णय गर्न बिहानैदेखि कांग्रेस, माओवादी र जसपाका नेताहरू आन्तरिक परामर्शमा जुटेका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय