काठमाडौं। सर्वोच्च अदालतले संसद पुनःस्थापित गर्दै साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको छ।
सर्वोच्चले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै १४६ जना सांसदले दायर गरेको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद विघटन दोस्रोपटक बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।
अदालतले भोलि ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि आदेश दिएको छ।
सिफारिस
लोकप्रिय