• vacancy ad
  • उच्च अदालतमा कार्यरत महिला कर्मचारी मृत फेला

  • Ad Space available
  • इलाममा एक महिला मृत अवस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् ।

    पराजुली आज बिहान अदालत परिसरभित्र मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सोलुखुम्बु घर भएकी पराजुलीले कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ ।

    ad space

    पराजुलीको मृत्यु कसरी र के कारणले मृत्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन । घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

    थप अनुसन्धानका लागि कुकुर मगाइएको उनले जानकारी दिए । श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय