• vacancy ad
  • एमाले विवादः अध्यक्ष ओली र नेता नेपालबीच २ घण्टा छलफल

  • Ad Space available
  • काठमाडौं। सत्तारूढ नेकपा (एमाले) मा विवाद चुलिएका बेला बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

    नक्सालस्थिथ मेरियट होटलमा अध्यक्ष ओली र नेपालबीच भएको भेटवार्तामा भेटमा अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेल पनि सहभागी थिए।

    ओली र नेपालबीच करिब २ घन्टा कुराकानी भएपनि भेटमा भएकाे कुराकानीबारे केही बताइएकाे छैन। हाेटलबाट बाहिरिने क्रममा नेता नेपालले सञ्चार माध्यममा भेटवारे प्रतिक्रिया नदिने बताएका छन्।
    यसअघि बुधबार नै नेपाल पक्षको स्थायी कमिटीको बैठक बसेको थियो।

    सिफारिस
    लोकप्रिय