• vacancy ad
  • भारतीयलाई नागरिकता दिने चार जना पक्राउ

  • Ad Space available
  • काठमाडौँ । भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा नवलपरासी पूर्वबाट वडाध्यक्षसहित ८ जना पक्राउ परेका छन्।

    भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ ठेगाना उल्लेख गरी जमिर मियाँको नाममा नेपाली नागरिकता दिन सिफारिस गर्ने ६ नम्बर वडाका वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जना पक्राउ परेका हुन्।

    ad space

    इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार वडाध्यक्ष सापकोटासँगै ३३ वर्षीय भारतीय नागरिक देवन, उनका नक्कली बुवा ५२ वर्षीय सफिअल्ला मियाँ, वडासदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरू पक्राउ परेका हुन्।

    वडाध्यक्ष सापकोटाले गत चैत १ गते भारतीय नागरिक मियाँलाई वंशजको आधारमा नागरिकता बनाउन सिफारिस गरेका थिए। मियाँले त्यही सिफारिसको आधारमा नेपाली नागरिकता पाएका प्रहरीले जनाएको छ।

    मियाँका नक्कली बुवा बनेका ५२ वर्षीय सफिअल्ला मियाँको पनि नागरिकतामाथि अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक पाण्डेले बताइन्। उनले अर्घाखाँचीबाट नेपाली नागरिकता बनाएको पाइएको छ।

    उनले देवन आफ्नै छोरा भएको र आमाको नाम ममिता खातुन उल्लेख गरेका छन्। मियाँलाई आमाले सानैमा छाडेर गएको झुटो विवरण देवनले पेस गरेका थिए।

    वडा कार्यालयबाट जन्म दर्ताको प्रमाणपत्र समेत लिएर मियाँले वंशजको आधारमा गत चैत ८ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट पुस्ता पूर्वबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए।

  • ad space
  • सिफारिस