चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–५, चेपाङडाँडामा ठूलो पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आज बिहान करिब साढे ४ बजेदेखि सुक्खा पहिरो खस्न सुरु भएको थियो । बिहान पौने ७ बजे थप पहिरो झरेको छ ।
कार्यालयका प्रमुख भगवानराज थापाका अनुसार लोडरले बिहान पहिरो पन्छाउन खोज्दा थप पहिरो गएर सडकखण्ड अवरुद्ध बनेको हो । ‘साढे ४ बजे खसेको पहिरो त सानै थियो, सफा गर्न लाग्दा त झन् पहाड नै बग्यो,’ उनले भने ।
पहिरो पन्छाउन कम्तीमा तीन घण्टा लाग्ने थापाको भनाइ छ । ठूलो पहिरो खसेपछि सवारी जाम बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।
सिफारिस
लोकप्रिय