• vacancy ad
  • देउवालाई समर्थन गरेर एमालेका २३ सांसदले गरेको हस्ताक्षर यथावत छ : माधव नेपाल

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको प्रष्टीकरण दिएका छन् ।

    सर्वोच्चको संवैधानिक इजलासबाट फैसला आउने दिन भनिएको आन विहान आफ्नो धारणा राख्दै नेता नेपालले सर्बोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजिएको दावी गरे ।

    ad space

    एमाले आन्तरिक एकताका लागि गठित कार्यदलले १० बूँदे सहमतिमा हस्ताक्षर गरे पनि त्यसप्रति नेपालले असन्तुष्टि जनाएका थिए ।

    कार्यदलको सहमतिलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सन्जालमार्फत अब शेरबहादुर देउवाको पक्षमा एमालेका २३ सांसदको समर्थक घटेको र सर्वोच्च अदालतमा रिट दायर गर्ने १ सय ४६ मध्ये १ सय २३ मात्र बाँकी रहेको जानकारी दिएका थिए ।

    थपाको सो अभिव्यक्तिप्रति आपत्ती जनाउँदै नेपालले विहानै जारी गरेको वक्तव्यमा भनिएको छ

    हिजो राती नेकपा ९एमाले०को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा ९एमाले०का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।

  • ad space
  • सिफारिस
    लोकप्रिय