• vacancy ad
  • प्रतिनिधिसभा विघटनको फैसला आजै आउने सम्भावना

  • Ad Space available
  • काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आज आउने सम्भावना रहेको छ । मुद्दको बहस सकिएसँगै सर्वोच्च अदालतले सो मुद्दालाई हेर्दाहेर्दै आजका लागि पेसी तोकेको थियो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले फैसला सुनाउनेछ ।

    ad space

    संविधानको व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतले कुनै व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिन सक्ने कि नसक्ने भन्ने विषय अहिले निकै चर्चामा छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गरियोस् भनेर १ सय ४६ जना सांसदसहितको हस्ताक्षर सर्वोच्चमा पुगेपछि सो विषयको लामै बहस संवैधानिक इजलासमा भैसकेको छ । प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति कार्यालयको नाममा परमादेश माग भएको विषयमा सर्वोच्चले व्याख्या गर्नेछ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय