• vacancy ad
  • १० बुँदे सहमतिप्रति माधव नेपाल असन्तुष्ट

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेबीच देखिएका विवाद समाधान गर्न गठित कार्यदलले गरेको सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।

    नेपाल पक्ष नेताहरुको समेत सक्रिय सहभागितामा गरिएको कार्यदलको निर्णयप्रति नेता नेपालले नै असन्तुष्टि जनाएका हुन् ।

    ad space

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको फैसला प्रभावित गर्नका लागि रातारात सहमति गरिनु गलत भएको भन्दै नेता नेपालले असन्तुष्टि जनाएको उनी निकट नेताहरुले बताएका छन् ।

    सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्ने दिन तोकेको छ । त्यसको अघिल्लो राति सवा १० बजे सिंहदरवारमा बसेको कार्यदल बैठकले पार्टीलाई एकतावद्ध राख्न १० बुँदे सहमति गरेका थिए ।

    सो सहमति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन गर्नेमा आशंका समेत गरेको नेता नेपाल निकट स्रोतले बताएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय