• vacancy ad
  • जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

  • Ad Space available
  • काठमाडौं। समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकता भएर बनेको जनता समाजवादी पार्टी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

    तत्कालीन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएको
    भन्दै एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै रिट दायर गरेका हुन्।

    ad space

    रिटमा यो मुद्दा टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर, कार्यविभाजन, कारबाही आदिलाई यथास्थितिमा राख्न अन्तरिम आदेश पनि माग गरिएको छ।

    निर्वाचन आयोगमा २०७७ असार ९ गते जसपा दर्ता हुँदा राष्ट्रिय जनता पार्टीको प्रतिनिधित्व नगराइएको, राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण हुँदा भएको सम्झौता बमोजिम केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व नभएको रिटमा उल्लेख छ।

  • ad space
  • सिफारिस