• vacancy ad
  • एआइजी पदमा बढुवा थापालाई दर्ज्यानी चिन्ह प्रदान

  • Ad Space available
  • काठमाडाैं। नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका सहकुल थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

    मन्त्रिपरिषद्को बैठकले प्रहरी नायब महानिरीक्षक (डीआइजी) पदबाट एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको थियो। आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

    ad space

    कार्यक्रममा महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिपछिको नयाँ जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिए। सङ्गठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने महानिरीक्षक थापाको भनाइ थियो।

    कार्यक्रममा पदोन्नति भएका थापाले नेपाल सरकार एवं प्रहरी सङ्गठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ सङ्गठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    आफू बोलाइभन्दा गराइमा विश्वास गर्ने भएकाले आफ्नो वुद्धि, विवेक र इमान्दारपूर्वक सङ्गठनको श्रीवृद्धिमा लाग्ने उनको भनाइ छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय