• vacancy ad
  • भारतले कान्दाहार कन्सुलेट कार्यालयबाट आफ्ना कर्मचारी फिर्ता बोलायो

  • Ad Space available
  • एजेन्सी। अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिक नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता बोलाएकाे छ।

    अफगानी सेना र तालिबानीहरुबीच कान्दाहार प्रान्तमा केही दिनयतादेखि तनाब बढेको छ।

    ad space

    सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जानकारी दिए।

    अफगानिस्तानको दक्षिणी कान्दाहारमा पछिल्लो समयमा तालिबानी लडाकूले कब्जा गर्न थालेका छन्।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले अस्थायी रुपमा कर्मचारी फिर्ता बोलाएको बताए।

    भारतले आफ्नो कर्मचारीलाई शनिबार नै सो शहरबाट फिर्ता गरेको थियो। तर सो स्थानमा रहेको भारतको कन्सुलेट कार्यालय भने बन्द गरेको छैन । आफ्ना कर्मचारीको सुरक्षाका लागि उनीहरुलाई कान्दाहारबाट फिर्ता गरिएको तर कन्सुलेट कार्यालय भने बन्द नगरिएको उनले बताए ।

    साथै प्रवक्ता बागचीले भारतीय अधिकारीहरुले अफगानिस्तानमा विकसित सुरक्षा चुनौतीलाई नजिकबाट नियालिरहेको पनि बताए।

  • ad space
  • सिफारिस