काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५३५ पीसीआर परीक्षणमा १ हजार २३७ जना र ३ हजार ६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन्। जसमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ५३३ संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ।
सिफारिस
लोकप्रिय