• vacancy ad
  • हाइटीका राष्ट्रपतिकी श्रीमतीले भनिन्,– एक शब्द बोल्न नदिई श्रीमान्‌को हत्या गरियो

  • Ad Space available
  • एजेन्सी। हाइटीका राष्ट्रपति जोभेनेलकी श्रीमती मार्टिनले निजी निवास भाडाका सैनिकहरू प्रयोग गरेर आफ्ना श्रीमान्‌को हत्या गरिएको बताएकी छन्। उनले यो हत्यामा देशभित्रैका राजनीतिक शत्रुहरू जिम्मेवार रहेको पनि बताएकी छन्।

    उनले संवैधानिक सुधार र जीवनस्तर उकास्ने आफ्ना श्रीमान्को प्रयासलाई रोक्न हत्या भएको बताइन्। सामाजिक सञ्जाल ट्विटरमा एउटा सन्देश राख्दै उनले हाइटीका मानिसहरूलाई लडिरहन आग्रह गर्दै आफूसाथमा उभिने प्रतिबद्धता जनाएकी छन्।

    ad space

    गत बुधबार सबेरै बन्दुकधारीहरूले राष्ट्रपतिको कार्यालयमा आक्रमण गर्दा राष्ट्रपति मारिएका थिए भने उनकी श्रीमती मार्टिन गम्भीर घाइते भएकी थिइन्। उनलाई उद्धार गरेर उपचारका लागि अमेरिकाको मियामी लगिएको छ।

    राष्ट्रपति मोइजको हत्याले हाइटीमा सत्ताको नेतृत्वलाई लिएर विवाद निम्त्याएको छ । राष्ट्रपतीय निर्वाचन र देशको नयाँ संविधान लेख्ने विषयलाई लिएर सेप्टेम्बरमा जनमतसंग्रह आह्वान गरिएको छ।

    प्रथम महिला मोइजले आक्रमण एकदमै द्रुत हिसाबले गरिएका हुनाले आफ्ना श्रीमान् जोभनेलले ‘एक शब्द पनि उच्चारण गर्न नसकेको’ बताएकी छन्।

    जुलाई ७ मा भएको २८ जना विदेशी भाडाका हमलाकारीहरूले गरेको भनिएको आक्रमणमा राष्ट्रपति मोइज मारिएका थिए । ट्विटरमा श्रीमती मोइजले राखेको अडिओ सन्देशमा भनिएको छ, ‘आँखा झिमिक्क गर्न नपाउँदै भाडाका विदेशी हमलाकारी मेरो घरमा प्रवेश गरे र मेरा श्रीमान्लाई गोलीले क्षतविक्षत बनाए ।’

    ‘यो घटनाको कुनै नाम छैन किनभने जोभनेल मोइज जस्ता राष्ट्रपतिलाई एक शब्द पनि बोल्न नदिइकन त्यसरी हत्या गर्ने सीमाविहीन खालको अपराधी हुनुपर्छ’, उनले भनेकी छन्।

    उनले राष्ट्रपतिको सपना चकनाचुर पार्न हत्या गरिएको भन्दै आफ्नो श्रीमान्को रगतलाई खेर जान नदिने बताइन् । ५३ वर्षका मोइज सन् २०१७ देखि अमेरिकाको सबैभन्दा गरिबमध्येको देश हेइटीका राष्ट्रपति थिए ।

    सन् २०१९ को अक्टोबरमा नै चुनाव गर्नुपर्ने भएपनि विवादहरूका कारण हुन सकेको थिएन ।

    प्रस्तावित संवैधानिक परिवर्तनका लागि उनले सेप्टेम्बरमा जनमतसंग्रह गराउने योजना गरेका थिए ।
    फेब्रुअरीमा विपक्षी दलहरूले उनले राजीनामा दिनुपर्ने बताएकै दिन मोइजले आफ्नो हत्या गर्ने र सरकार ढाल्ने योजना विफल बनाइदिएको बताएका थिए।

    हत्याको जिम्मेवार र कारण अझै प्रस्ट भइसकेको छैन। आरोपित हमलाकारीहरू उनको निवासमा कसरी प्रवेश गरे भन्ने प्रश्न समेत उठेका छन्। मोइजका सुरक्षागार्डहरूसँग यस विषयमा सोधपुछ गरिनेछ ।

    हाइटीको प्रहरीले अधिकांश भाडाका हमलाकारी कोलम्बियाका नागरिक रहेको र दुई जना संयुक्त अमेरिकी नागरिकता भएका व्यक्ति रहेको जनाएको छ।

    आक्रमणकारीका रूपमा आरोपितमध्ये १७ जनालाई राजधानी पोर्ट–अ–प्रिन्सबाट पक्राउ गरिएको छ। तीनजना सन्दिग्ध हमलाकारीको प्रहरीसँगको भिडन्तमा ज्यान गएको बताइएको छ र आठ जना अझै फरार छन्।

    कोलम्बियाको सरकारले हाइटीलाई उसको अनुसन्धान प्रक्रियामा सहयोग गर्ने बताएको छ। कोलम्बिया प्रहरीका निर्देशकले १७ जना पूर्व कोलम्बियाली सैनिक संलग्न भएको आशंका गरिएको जनाएका छन्।

    अमेरिकी विदेश मन्त्रालयले आफ्ना कुनै पनि नागरिक थुनामा रहेको भन्ने प्रमाणित गर्न नसक्ने जनाएको छ। तर अमेरिकी र क्यानडाली सञ्चारमाध्यमहरूले दोहोरो नागरिकता भएका एक जना व्यक्ति पक्राउ परेको र उनी फ्लोरिडाका भएको उल्लेख गरेका छन्। ती व्यक्ति हाइटीस्थित क्यानडाको दूतावासको पूर्व सुरक्षाकर्मी भएको बताइएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय