• vacancy ad
  • आज पनि देशका पाँच प्रदेशमा भारी वर्षा

  • Ad Space available
  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पाँचवटा प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    ad space

    विभागले आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

    भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको विभागले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    शनिबार काठमाडौं उपत्यकामा भएको भारी वर्षाका कारण विभिन्न ठाउँमा डुबान भएको थियो भने सवारी आवगमनमा समस्या भएको थियो । धोवी खोला किनारका कतिपय घरमा पानी पसेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय