• vacancy ad
  • अझै जुटेन एमाले कार्यदलमा सहमति

  • Ad Space available
  • काठमाडौं । पार्टीभित्रको विवाद मिलाउन गठित एमालेको कार्यदल अझै सहमतिमा पुग्न सकेन । शनिबार सहमति जुटाउने भनिएपनि कार्यदलमा सहमति जुट्न नसकेको हो ।

    नेताहरुले आइतबारसम्ममा सहमतिमा पुग्ने जानकारी दिएका छन् । शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएपनि अन्तिम निष्कर्षमा पुग्न नसकेको हो ।

    ad space

    पार्टी एकताका सन्दर्भमा देखिएका समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए । उनले आइतबारसम्ममा सहमति जुट्न सक्ने समेत बताए ।

    लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए ।
    कार्यदलमा सर्वोच्चमा रहेको विचाराधीन मुद्दामा के गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

  • ad space
  • सिफारिस
    लोकप्रिय