• vacancy ad
  • बाइडेनलाई तालिवानको जवाफ–हामीले चाहे दुई सातामा अफगानिस्तानलाई नियन्त्रण गर्छौं

  • Ad Space available
  • एजेन्सी। मस्कोको भ्रमणमा रहेका तालिबानी प्रतिनिधिमण्डलका प्रमुख दिलवारले तालिबानले चाहेमा दुई सातामा अफगानिस्तानलाई नियन्त्रणमा लिनसक्ने दाबी गरेका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले ७५ हजार तालिबानले ३ लाख बढी सुरक्षाकर्मीमाथि जित हासिल गर्न नसक्ने बताएलगत्तै तालिबानका तर्फबाट यो अभिव्यक्ति आएको हो । बाइडेनले अफगानिस्तानमा तालिबानको कब्जाको खण्डन गर्दै सम्भव नभएको बताएका थिए।

    ad space

    तालिबानले यसलाई अमेरिकी राष्ट्रपतिको व्यक्तिगत टिप्पणी भन्दै यदि आफूहरुले चाहेमा दुई सातामा नियन्त्रणमा लिनसक्ने बताएको छ । शाहबुद्दीन दिलवारले विदेशी सेनालाई शान्तिपूर्वक अफगानिस्तान छाड्ने मौका मिलेको बताएका थिए ।

    तालिबानले मस्कोको निमन्त्रणमा मस्को गएको बताएको छ । केही समयअघि तेहरानको निमन्त्रणामा एक सम्मेलनमा भाग लिनका लागि तालिबानको टोली इरान गएको थियो ।
    अमेरिकी सेना फिर्ता हुन थालेसँगै अफगानिस्तानमा तालिबानको दबदबा बढेको छ ।

    यद्यपि अफगानिस्तानमा ६५० देखि १ हजारसम्म अमेरिकी सेना रहने बताइएको छ । अमेरिकी दूतावास, काबुल विमानस्थल र अन्य प्रमुख सरकारी प्रतिष्ठानको सुरक्षाका लागि अमेरिकी सेना तैनाथ रहनेछ ।

    अमेरिकी सेना फिर्ता हुने भएपछि अफगानिस्तानमा अमेरिकी सेनाका लागि काम गरेका अनुवादक, दोभाषे र अन्य अफगानीलाई पनि त्यहाँबाट बाहिर निकाल्ने कोशिस भइरहेको छ । अफगानिस्तानमा अमेरिकाका लागि काम गरेकाहरुलाई खतरा हुन सक्ने भएकाले लैजान लागिएको हो ।

    त्यसका लागि अमेरिकाले २ हजार ५०० विशेष माइग्रेट भिसा जारी गरेको छ ।
    यता अफगानिस्तानमा तालिबानको बढ्दो प्रभावसँगै चीन पनि सतर्क बनेको छ । अफगानिस्तानको बदाख्शान प्रान्तमा तालिबानको नियन्त्र भएसँगै चीनमा सतर्कता अपनाईको हो ।

    विगतमा अलकायदासँग जोडिएका विगुर मुस्लिम समुदायको तालिबानसँग ऐतिहासिक सम्बन्ध रहेको छ । यद्यपि तालिबान चीनलाई खुसी पार्ने धुनमा छ । तालिबानको सरकारलाई चीनको मान्यताका लागि पनि तालिबान चीनलाई चिढ्याउन चाँहदैन ।

  • ad space
  • सिफारिस
    लोकप्रिय