• vacancy ad
  • अर्जुननरसिंहले डाेके संस्थापनइतरका नेताहरूको बैठक

  • Ad Space available
  • नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सभापतिमा दाबी गर्ने नेताहरूको बैठक डाेका छन् । उनले संस्थापनइतरका सभापतिमा दाबी गर्ने नेताहरूको बैठक अपराह्न ४ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा डाकेका हुन् ।

    केसीले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु प्रकाशमान सिंह, डा रामशरण महत, डा शेखर कोइराला, नेतृ सुजाता कोइराला लगायतलाई डाकेका छन् ।

    ad space

    बैठकमा संस्थापन इतरपक्षबाट साझा उम्मेदवार एक जना उठाउने विषयमा छलफल हुने बताइएको छ । सर्वसहमत एउटा उम्मेदवार उठाउन नसके शीर्ष नेताहरू सल्लाहकार समितिको रूपमा रहेर अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार हुनुपर्ने उनको जोड छ । यद्यपि एकल उम्मेदवार दिन नसक्ने अवस्था भए आफूले पनि सभापतिमा दाबी गर्ने केसीले बताउँदै आएका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय