• vacancy ad
  • फेसबुकमा चिनजान भएकी महिलालाई कम्बोडिया लगेर बिक्री

  • Ad Space available
  • काठमाडाैं। फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया लगेर बिक्री गरेको पाइएको छ।

    कम्बोडियामा कन्सट्रक्शन तथा व्यापारको काममा एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले जनाएको छ।

    उनले पीडितसँग चार लाख ५० हजार लिई काठमाडौंबाट काँकडभिट्टा हुँदै भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पुर्‍याएका थिए। त्यसपछि पैदलै म्यान्मारको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुर्‍याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्यूरोले जनाएको छ।

    उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको पीडितको जाहेरीका आधारमा ब्यूरोले फरार रहेका उनलाई पक्राउ गरेको हो।

    मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए।

    सिफारिस
    लोकप्रिय