• vacancy ad
  • कास्कीमा कांग्रेसका १९ हजार १४२ क्रियाशील सदस्य

    nepali congress flag
  • Ad Space available
  • नेपाली कांग्रेस कास्कीले क्रियाशील सदस्यको विवरण पार्टीको केन्द्रीय कार्यालयलाई बुझाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा पुगेको पदाधिकारीको टोलीले विवरण बुझाएको हो ।

    जिल्लाबाट पार्टीका नयाँ र पुराना गरी १९ हजार १४२ जना क्रियाशील सदस्यको नामावली बुझाएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । टोलीले पार्टीका केन्द्रीय नेतासँग भेटघाट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टीको आगामी १४ औँ महाधिवेशनबारे छलफल गरेको उनले बताए । टोलीमा उपसभापति आइबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई, देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे र प्रवक्ता सिग्देल छन् ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय