• vacancy ad
  • मलेसियामा घर फर्कन पाउने समय थप

  • Ad Space available
  • मलेसियामा गैरकानुनी रूपमा काम गरिरहेका नेपाली श्रमिकलाई निश्चित जरिवाना तिरेर घर फर्कन पाउने समय थप भएको छ ।

    मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाले गैरकानुनी श्रमिकका लागि सञ्चालन गरिरहेको रिक्यालिब्रेसन कार्यक्रमको समय पुस १६ सम्मका लागि थपेको हो । यो समय असारको मध्यमा सकिएको थियो ।

    ad space

    यसबीचमा कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएकाले समस्यामा परेका नेपाली स्वदेश फकर्ने अवसरबाट वञ्चित भएको भन्दै दूतवासले मलेसिया सरकारलाई यो कार्यक्रमको समय अवधि थप गर्न आग्रह गरेको थियो । दूतावासका आग्रहअनुसार दूतावासले समय थप गरेको जनाइएको छ ।

    दूतावासका अनुसार रिक्यालिब्रेसन कार्यक्रमअन्तर्गत मलेसियाले गैरकानुनी श्रमिकलाई दुई अवसर दिएको छ । पहिलो निश्चित शुल्क तिरेर स्वदेश फर्कन पाइन्छ भने दोस्रो चाहिँ पुनः मलेसियामा आफ्नो कागजात सच्याउँदै कानुनी रूपमा काम गर्न पाइन्छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय