• vacancy ad
  • रुपा सुनारको रिटमा सर्वोच्चद्वारा मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग

  • Ad Space available
  • काठमाडौं। सर्वोच्च अदालतले जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन भूमिका खेलेको आरोपमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ।

    न्यायाधीश कुमार रेग्मीको इजलासले छलफलका लागि दुवै पक्षलाई २८ गते बोलाएको छ। सो दिन मन्त्री श्रेष्ठलाइ बर्खास्त गर्न माग गरेको विषयमा अन्तरिम आदेशबारे छलफल हुनेछ।

    ad space

    रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेका थिए।

    सोही विषयमा रुपाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। यो मुद्दामा सर्वोच्च अदालतले मन्त्री श्रेष्ठसहितका विपक्षीसँग लिखित जवाफ मागेको छ।

    त्यस्तै यो मुद्दालाई शीघ्र टुंगो लगाउनुपर्ने भन्दै अग्राधिकारको आदेश पनि दिएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय