• vacancy ad
  • जसपाको विवाद टुंग्याउन निर्वाचन आयोगमा इजलास गठन, ३ साउनमा दुवै पक्षलाई बोलाइयो

  • Ad Space available
  • काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को विवाद समाधानका लागि निर्वाचन आयोगले इजलास गठन गरेको छ।

    आयोगका पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो। बैठकले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय गरेको छ। यदि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन भनिएको छ।

    ad space

    जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो।

    ऐनअनुसार दुबै पक्षलाई बोलाएर सहमति जुटाउन कोशिस गरेपनि प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया सुरू गर्न लागेको हो।

  • ad space
  • सिफारिस
    लोकप्रिय